
पोखरा। नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली राष्ट्रिय यू-२३ फुटबल टिमले दशरथ रंगशालामा प्रशिक्षण गरेको छ । साढे चार वर्षको अन्तरालपछि नेपाली फुटबल खेलाडीले एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालामा अभ्यास गरेका हुन्।
साविक विजेता समेत रहेको नेपाली टोलीले सोमबार रंगशालामा प्रशिक्षण गरेको हो । २०७२ सालको विनाशकारी भूकम्पले रंगशाला क्षतविक्षत भएपछि मैदान प्रवेश नपाएका खेलाडीले करीब साढे चार वर्षपछि रंगशालामा अभ्यास गर्न पाएका हुन् ।
घरेलु मैदानमा एसियाली खेलकुदको कुम्भमेला १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना हुन ६ दिनअघि मात्र खेलाडीले मैदानमा प्रवेश पाएका हुन्।
मंसिर १५ गतेबाट सुरु हुने १३ औं सागको उद्घाटन र समापन दशरथ रंगशालामा हुनेछ । यस्तै सागको पुरुष फुटबल र एथलेटिक्स खेल रंगशालामा हुनेछ ।
