
पोखरा। १३ औं दक्षिण एसियाली खेलकुद सागका सबै विदेशी खेलाडी र पदाधिकारीको सामूहिक दुर्घटना विमा गरिएको छ।
सागमा भाग लिने खेलाडी, अफिसियिल र पदाधिकारीको प्रति व्यक्ति ५ लाख रुपैयाँको दरले सामूहिक विमाको सम्झौतामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल र आइएमइ इन्स्योरेस्नका प्रमुख कार्यकारी अधिकृति युगेशभक्त बादे श्रेष्ठले हस्ताक्षर गरे ।
सागमा झन्डै ४ हजारको हाराहारीमा विदेशी खेलाडी, पदाधिकारीको सहभागिता रहनेछ । सागमा २६ खेलका लागि ३ हजार बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
मंसिर १५ गते देखि २४ गते सम्म काठमाडौं, ललितपुर, कास्की र जनकपुरमा सुरु हुने सागमा नेपालसहित ७ राष्ट्रका खेलाडीको सहभागिता रहनेछ ।
कमेन्ट गर्नुहोस्
