सामाजिक सुरक्षा कोषमा ठूला रोजगारदाता प्रतिष्ठानको सहभागिता बढ्यो

338
0
Share:

काठमाडौं । सामाजिक सुरक्षा कोषमा ठूला रोजगारदाता उद्योग प्रतिष्ठान सूचीकरणमा आउने क्रम बढेको छ । सरकारले सामाजिक सुरक्षा कार्यविधि संशोधन गरी खुकुलो बनाएर कार्यान्वयनमा ल्याएसँगै ठूला रोजगारदाता प्रतिष्ठान सूचीकृत हुने क्रम बढेको हो ।

नेपालमा निजी क्षेत्रको तर्फबाट एउटै प्रतिष्ठानबाट धेरैलाई रोजगारी दिँदै आएको चौधरी ग्रुप कोषमा सूचीकृत भइसकेको छ । कोषका अनुसार सो ग्रुपमा कार्यरत १० हजार योगदानकर्ताले योगदान गरिरहेकामध्ये आधाभन्दा बढी सूचीकृत भएका र बाँकी गराउने क्रममै छन् ।

सरकारले सामाजिक सुरक्षा कोषको तेस्रो पटक समय थप गरेसँगै ठूला र धेरै योगदानकर्ता भएका रोजगारदाता प्रतिष्ठान सूचीकृत हुने क्रम बढेको हो ।

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले तेस्रो पटक थपिएको समयमा ठूला र धेरै योगदानकर्ता रहेका प्रतिष्ठान सूचीकरण हुने क्रम बढेको जानकारी दिए । उनले भने, ‘अहिलेसम्म सूचीकृत भएका ११ हजार रोजगारदाता प्रतिष्ठानमा कार्यरत योगदानकर्ता सबै सूचीकृत हुने हो भने पाँच लाख नाघ्छ, यो सामान्य सङ्ख्या होइन ।’

पछिल्लो पटक थपिएको समयमा निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)अन्तर्गत रहेका केही विद्यालय सामाजिक सुरक्षा कोषको सूचीकरणमा आएका र धेरै आउने क्रममै रहेको कोषले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: