१३ औं साग: आजबाट भलिबल, थाहा पाउनुहोस् टिकट मूल्य

Share:

पोखरा। १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत भलिबलका खेल आज (बुधबार) सुरु हुदैछ । औपचारिक उद्घाटन अगाडीनै महिला र पुरुष भलिबल आज सुरु हुन लागेको हो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा नेपालको पुरुष र महिला टिमले आजै समूह चरणको आफ्नो पहिलो खेल बंगलादेशविरुद्व खेल्दैछन् ।

सागमा स्वर्ण जित्ने लक्ष्य राखेको महिला टिमले दिउँसो ३ बजे बंगलादेशसंग खेल्न लागेको हो । आजै पुरुष टिमले समेत बंगलादेशसंग खेल्ने तय छ । खेल साँझ ७ बजे शुरु हुनेछ ।

यस्तो छ टिकट मूल्य:
भलिबल खेल हेर्न दर्शकले ५ सय रुपैयाँको टिकट खरिद गर्नुपर्नेछ। राष्ट्रिय खेलकुद परिषद(राखेप)ले सोमबार भलिबल सहित विभिन्न ४ खेलका टिकट मूल्य सार्वजनिक गरेको थियो।

क्रिकेटको टिकट मुल्य २ सय देखि ५ सयसम्म पर्नेछ । समूह चरणको खेलका लागि २ सय र सेमिफाईनल र फाईनलका लागि ५ सय टिकट मुल्य राख्ने तयारी गरिएको राखेपले जनाएको छ ।

सागमा फुटबल हेर्न साधारण प्यारापिटतर्फ ५ सय र भिआईपी प्यारापिटतर्फ हजार रुपैयाँ टिकट मुल्य निर्धारण गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: