
पोखरा। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अस्पताल गएका छन्।
पछिल्ला केही दिनयता चुनावी सभामा प्रधानमन्त्री ओलीको चर्को आलोचना गरिरहेका देउवा बुधबार विराटनगरबाट फर्किएलगत्तै ओलीलाई भेट्न अस्पताल पुगेका हुन्।
एपेन्डिसाइटिस भएपछि प्रधानमन्त्री ओली मंगलबार अस्पताल भर्ना भएका थिए। मंगलबार उनको शल्यक्रिया भएको थियो।
कमेन्ट गर्नुहोस्
