नेपाली महिला क्रिकेट टिम पोखरा आउंदै

Share:

पोखरा। १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि नेपाली महिला क्रिकेट टिम आज पोखरा आउंदै छ। करिव तीन महिना काठमाडौंमा प्रशिक्षण गरेको महिला क्रिकेट टिम बुधबार प्रतियोगिताका लागि पोखरा आएको हो ।

जम्मा चार टिमको सहभागिता हुने यसपटकका महिला क्रिकेटमा नेपालल पदकको आशा गरेको छ । महिला क्रिकेटमा नेपाली टिमले पहिलो खेल माल्दिभ्ससँग खेल्नेछ । यसपटकको सागमा महिला क्रिकेटमा श्रीलंका, बंगलादेश, माल्दिभ्स र नेपालको सहभागिता रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: