
पोखरा । पोखरामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आयोजना गरेको चुनावी सभास्थल नजिकै बम बिस्फोट भएको छ । आज (बुधबार) मध्यान्ह पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनकेन्द्रमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो ।
विस्फोटमा कुनै मानवीय क्षति नभएपनि एक बसमा क्षति पुगेको छ । पार्किङ स्थलमा रहेको ग१ख ८८९१ नम्बरको बसका सिसा फुटेको छ ।अहिले घटनास्थलमा प्रहरी पुगेको छ भने घटनास्थललाई घेरा हालेर अनुसन्धान थालेको छ।
चुनावी सभामा पूर्व प्रधानमन्त्री एवम् अध्यक्ष पुष्पकमल दाहाल,नेकपा नेता वामदेव गौतम, सुवाचन्द्र नेम्वाङ, काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य लगायतको सहभागिता रहेको छ ।
कमेन्ट गर्नुहोस्
