
पोखरा । पातञ्जल योग समिति नेपाल गण्डकी प्रदेशले नेपाली भूमि अतिक्रमणप्रति विरोध जनाएको छ । विरोध जनाउँदै समितिले जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन पत्र बुझाएको छ ।
समितिका गण्डकी प्रदेश अध्यक्ष कमला गुरुङ, संरक्षक डा.कृष्ण के.सी, समितिका केन्द्रिय सदस्य प्रदिप कुमार श्रेष्ठलगायतको टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीसमक्ष ज्ञापन पत्र बुझाएको हो । समितिले उक्त ज्ञापन पत्र प्रजिअ मार्फत गृहमन्त्रालय हुँदै प्रधानमन्त्रीसमक्ष पु¥याइदिन आग्रह गरेको छ ।
ज्ञापन पत्रमा लिपुलेक, कालापानी नेपाली नक्सामा अङ्कित गरिनुपर्ने जनाइएको छ । यस्तै लिम्पियाधुरा साझा विन्दुका रुपमा मानिनुपर्ने समेत जनाइएको छ ।
भारतले बलमिच्चयाइँ सिमाना मिचेर नेपाल आमाको अपमान भएको ठहर समितिको रहेको छ । ज्ञापन पत्रमा समितिले नेपाल सरकारले कुटनीतिक पहलद्धारा उक्त समस्या समाधानका लागि पहल गर्न आगह्र गरेको छ । कुटनीतिक पहल असफल भएमा सरकारले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्नसमेत सरकारलाई समितिले आगह्र गरेको छ ।
यस्तो छ ज्ञापन पत्र:

