१३ औं साग : महिला भलिबलमा नेपालले भारतसँग खेल्दै

Share:

काठमाडौं । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को महिला भलिबलमा नेपालले आज भारतसँग खेल्दैछ ।

समूह चरणको दोस्रो खेलमा नेपालले प्रतियोगिताकै बलियो टिम भारतसँग खेल्न लागेको हो । भारतलाई हराउँदै नेपालले महिला भलिबलमा स्वर्ण जित्ने लक्ष्य राखेको छ । तर, भारत बलियो टिम हो ।

भारतसँगको खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा साँझा ५ बजे सुरु हुनेछ । उद्घाटन खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा हराएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: