
काठमाडाैं । विगत केही समयदेखि सामाजिक सञ्जालमा चर्चामा रहेका ज्ञानबहादुर शाहीलाई उनी आवद्ध रहेको ‘नेपालका लागि नेपाली’ अभियानबाट निष्काशित गरिएको छ ।
भ्रष्टाचारविरुद्ध चर्को स्वरमा अभिव्यक्ति दिने शाही गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको पक्षमा लागेको भन्दै उनी सम्मिलित अभियानको केन्द्रीय समितिको बैठकले उनलाई निष्काशन गरेको हो ।
सो अभियानमा संलग्न बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारीलगायतले राजतन्त्रको पक्षमा वकालत गर्दै आएका छन् ।
कमेन्ट गर्नुहोस्
