१३ औं साग: पुरुष भलिबलमा नेपाल आज भारतसंग भिड्दै, यसरी हेर्नुहोस लाइभ

Share:

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा आज (शुक्रबार) नेपालले भारतसँग खेल्दैछ ।

खेल शुक्रबार बेलुका ५ बजे त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछ । यसअघि एक खेल खेलेको नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो भने भारतले बंगलादेशमाथि सोझो सेटमा जीत हात पारेको थियो ।

नेपालको सेमिफाइनल पुग्ने सम्भावना भने न्युनछ । बंगलादेशसँग पराजय भोगेको नेपालले भारतलाई पराजित गर्न सके सेमिफाइनल पुग्नेछ ।

खेल सुरु भएपछी लाइभ हेर्न यहाँ क्लिक  गर्नुहोला ।

कमेन्ट गर्नुहोस्
Share: