१३ औं साग : सागको मार्चपासमा पारसले नेपालकाे झण्डा बोक्ने

Share:

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को मार्चपासमा नेपालको झण्डा क्रिकेटर पारस खड्काले बोक्ने भएका छन् ।

केही महिना अघि मात्र राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका पारसले मार्चपासमा खेलाडीको नेतृत्व गर्दै नेपालको झण्डा बोक्ने अवसर पाएका हुन् ।

सागमा नेपालकोतर्फबाट डेपुटी सेफ द मिसन रिम रानाभाटले मार्चपासमा खेलाडीको नेतृत्व गर्दै देशको झण्डा पारसले बोक्ने टुङ्गो लागेको बताए । घरेलु भूमिमा आईतबारबाट औपचारिक रुपमा सुरु हुने १३ औं सागमा पारसले सो अवसर प्राप्त गरेका हुन् ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: