नेकपा उम्मेदवार विद्या भट्टराईले खसालिन् मत

Share:

पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्बर दुईका लागि उम्मेदवार बनेकी विद्या भट्टराईले मतदान गरेकी छन् ।

उनले बिहान साढे ९ बजे पोखरा ३३ मा रहेको शान्ती उदय मावि मतदान केन्द्र पुगेर मतदान गरेकी हुन् । उम्मेदवार भट्टराईले मतदान गरेको मतदान स्थलमा १५ सय ५८ मतदाता छन् । सो स्थलमा दुई वटा मतदान केन्द्र तोकिएको छ ।

अहिले भैरहेको मतदानका लागि कास्की-२ मा ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचनका लागि कास्की–२ मा ७१ हजार ८ सय ७१ मतदाता छन् । यो क्षेत्रमा पुरुष भन्दा महिला मतदाताको संख्या धेरै छ ।

कास्की–२ मा ३३ हजार एक सय ६ जना पुरुष र ३८ हजार ७ सय ६४ महिला र एकजना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: