मतदान गर्न लाइनमा उम्मेदवार भट्टराई

Share:

पोखरा । कास्की २ मा रिक्त रहेको पदपूर्तिका लागि अहिले मतदान भईरहेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार बनेकी विद्या भट्टराई मतदान गर्न मतदान केन्द्रमा छिन् । उनले केहीबेरमा भोट खसाल्दै छिन ।

कास्की २ बाट निर्वाचित तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उडडयन रवीन्द्र अधिकारीको गएको फागुनमा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि आज उपनिर्वाचन भैरहेको छ ।

बिहान ७ बजेबाट सरु भएको मतदानका लागि कास्की-२ मा ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचनका लागि कास्की–२ मा ७१ हजार ८ सय ७१ मतदाता छन् । यो क्षेत्रमा पुरुष भन्दा महिला मतदाताको संख्या धेरै छ ।

कास्की–२ मा ३३ हजार एक सय ६ जना पुरुष र ३८ हजार ७ सय ६४ महिला र एकजना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: