पोखरा-३३ को सरस्वती टिका मतदान स्थल नजिकै विस्फोट

Share:

पोखरा । पोखरा ३३ मा रहेको एक मतदान स्थल नजिकै बम बिस्फोट भएको छ । सरस्वती टिका मावि मतदान स्थल नजिकै बिस्फोट भएको हो ।

मतदान स्थल पछाडी रहेको बाँसघारीमा विस्फोट भएको जानकारी प्राप्त भएको छ । विस्फोटबाट कुनै क्षति नभएको जनाइएको छ ।

कास्की २ बाट निर्वाचित तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उडडयन रवीन्द्र अधिकारीको गएको फागुनमा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि आज उपनिर्वाचन भैरहेको छ ।

बिहान ७ बजेबाट सरु भएको मतदानका लागि कास्की-२ मा ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचनका लागि कास्की–२ मा ७१ हजार ८ सय ७१ मतदाता छन् । यो क्षेत्रमा पुरुष भन्दा महिला मतदाताको संख्या धेरै छ ।

कास्की–२ मा ३३ हजार एक सय ६ जना पुरुष र ३८ हजार ७ सय ६४ महिला र एकजना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

यो पनि::

साझा पार्टीकी उम्मेदवार रजनीले गरिन् मतदान

कास्कीका तीन वटा मतदान स्थल नजिकै बम बिस्फोट

कमेन्ट गर्नुहोस्
Share: