सागको मार्चपासमा नेपालको झण्डा कमलले बोक्ने, यसकारण हटाइयो पारसको नाम

Share:

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटनको मार्चपासमा नेपालको झण्डा भारोत्तोलनका ओलम्पियन कमल बहादुर अधिकारीले बोक्ने भएका छन् ।

नेपाल ओलम्पिक कमिटि (एनओसी) ले शनिबार प्रेस विज्ञप्ति निकाल्दै सागको उद्घाटनमा नेपालको झन्डा कमलले बोक्ने जानकारी गराएको छ ।

१३ औं सागमा सहभागी जनाउने नेपाली खेलाडी मध्येमा अन्तराष्ट्रिय अनुभव, पदक र ओलम्पिकमा समेत सहभागिता जनाईसकेको कारण कमललाई झण्डा बोक्न दिने निर्णय गरेको एनओसीले जनाएको छ ।

यसघि मार्चपासमा नेपालको झण्डा नेपाली क्रिकेटर पारस खड्काले बोक्ने बताइएको थियो। पारसले ओलम्पिकमा प्रतिस्पर्धा नगरेको र उनले क्रिकेट संघ र आइसीसीअन्तर्गत रहेर देशलाई सेवा पुर्याएकाले उनको नाम  हटाइएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: