
नेपालालाई स्वर्ण जिताउने सोनी गुरुङ
पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत ट्रायथोलनमा नेपाललव स्वर्ण जितेको छ । पोखरामा सोमबार भएको खेलमा सोनी गुरुङले स्वर्ण दिलाएकी हुन ।
फेवा किनार गौरी घाटबाट सुरु भएको ट्रायथोलनमा सहभागीहरुले ७५० मिटर पौडी, २० किलोमिटर साइकल र ५ किलोमिटर दौड पूरा गरेका थिए ।
यस्तै साग अन्तर्गत आज नै पोखरामा भएको पुरूष ट्रायथोलनमा नेपालले कास्य पदक हात पारेको छ । नितेश मानन्धरले नेपाललाई कास्य पदक दिलाएका हुन् ।
खेल अन्तर्गत स्वर्ण पदक भने भारतले जितेको छ । ट्रायथलनका लागि पुरुष र महिला दुवै विधामा ७ सय ५० मिटर दुरीको पौडी, २० किलोमिटरको साईकिलिङ र ५ किलिमिटरको दौडको दुरी तय गरिएको थियो ।
तस्विर-सुदर्शन रंजित
कमेन्ट गर्नुहोस्

