
पोखरा – १३औँ दक्षिण एसियाली खेलकुद (साग) को महिला क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार पोखरामा भएको खेलमा माल्दिभ्समाथि १० विकेटको जित निकालेको हो ।
फितलो प्रदर्शन गरेको माल्दिभ्सले नेपाललाई १७ रनको लक्ष्य दिएको थियो । नेपालले सो लक्ष्य ५ बलमा पूरा गरेको हो।
अञ्जली चन्दको विश्व कीर्तिमान
माल्दिभ्सविरुद्ध अञ्जली चन्दले महिला क्रिकेटमा कीर्तिमानी बलिङ गरिन् । उनले माल्दिभ्सविरुद्ध एक रन पनि नदिँदा ६ विकेट लिएर नयाँ कीर्तिमान बनाइन् ।
उनले पहिलो ओभर मेडन राख्दै तीन विकेट लिइन् । त्यस्तै दोस्रो ओभरमा पनि एक रन पनि खर्चिनन् । र तेस्रो ओभरमा थप एक विकेट लिइन् । जसका कारण उनले महिला क्रिकेटमा कीर्तिमानी फिगर बनाइन् ।
नेपालले अब अर्को खेल आगामी बुधबार बंगलादेश र शुक्रबार श्रीलंकाविरुद्ध खेल्ने छ । शीर्ष दुई टोलीले स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् ।

