
काठमाडौं । महोत्तरीको बर्दिवासमा पिकअप भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा धनुषाधाम २ का शकुन्तलादेवी साह र भारत बिहारको जयनगरकी ६५ वर्षीया र्बतनिया महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका १५ जनाको महोत्तरी र धरानका विभिन्न अस्पतालमा उपचार भइरहेको महोत्तरी प्रहरीले जनाएको छ। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
मंगलबार राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाही तर्फबाट बर्दिबास आउँदै गरेको ना ५ च १२२७ नम्बरको पिकअप अनियन्त्रित भएर बर्दिबास नगरपालिका वडा नं. ५ मा दुर्घटनामा परेको हो । उनीहरु सबैजना गढीमाई मेलाबाट फर्किरहेका थिए ।
