उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन नेकपाको निर्देशन

Share:

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधवार बसेको छ । बुधबार विहान बसेको बैठकले हालै सम्पन्न उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ ।

पार्टीको केन्द्रीय कार्यालय धुम्बाराही अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सम्पन्न पहिलो बैठकले उपनिर्वाचन भएका वडा तहदेखि जिल्ला तहका कमिटीले समीक्षा गरेर त्यसको प्रतिवेदन पठाउन निर्देशन दिएको हो ।

यही मङ्सिर २३ गते बस्ने सचिवालयको अर्को बैठकले उपनिर्वाचनको व्यवस्थित समीक्षा गर्ने बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सोही बैठकले साङ्गठनिक एकताका बाँकी काम, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकलगायत विषयमा छलफल गर्ने श्रेष्ठले जानकारी दिए ।

यही मङ्सिर ४ गतेको सचिवालय बैठकले अध्यक्ष दाहाललाई पार्टी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारको काममा केन्द्रित हुने निर्णय गरेपछि प्रचण्डको अध्यक्षतामा बुधबार पहिलोपटक बैठक बसेको हो ।

कमेन्ट गर्नुहोस्
Share: