
बाग्लुङ । बाग्लुङमा मंगलबार भएको जीप दुर्घटनामा घाइते भएका एक जनाको शव फेला परेको छ । दुर्घटनामा बेपत्ता भएका इस्मा गाउँपालिका–४ पैयापाटाका ६५ वर्षीय धनबहादुर कार्कीको शव बुधबार फेला परेको हो ।
गुल्मीबाट यात्रु बोकेर हिँडेको ग १ ज ५२१९ जीप बागलुङको बडीगाढ गाउँपालिका–७ गोकर्णमा दुर्घटना भएको थियो । बडिगाड गाउँपालिका–७ भीमगिठे नजिकै खोला किनारमा शव देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
मंगलबार भएको दुर्घटनामा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका थिए । घाइतेको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा ज्यान गुमाएका १० जनाको मंगलबार नै सामूहिक अन्त्येष्टि गरिएको छ ।
यो पनि::
बागलुङमा यात्रुबाहक जीप दुर्घटना, १४ जनाको मृत्यु
