तनहुँमा विद्यालय भवन बनेपछि पठनपाठन सहज

Share:

तनहुँ। तनहुँको भीमाद नगरपालिका–१ डुम्रीबेँसीस्थित शङ्कर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएपछि पठनपाठनमा सहजता आएको छ । पुरानो र जीर्ण भवनमा पठनपाठन हुँदै आएको यस विद्यालयको चारकोठे नयाँ भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीलाई पठनपाठनमा सहज भएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत रु ७१ लाख ६१ हजार २६ को लागतमा भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक यमबहादुर श्रेष्ठले जानकारी दिए । गत वर्षको मङ्सिरबाट निर्माण शुरु भएको भवन यही कात्तिकमा सम्पन्न भएको उनले जानकारी दिए।

नयाँ भवन निर्माणपछि पठनपाठनमा सहज हुने प्रधानाध्यापक श्रेष्ठको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
Share: