उसुमा नेपालकी निमाले जितिन् स्वर्ण, स्वर्णको संख्या ३० पुग्यो

Share:

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालकी नीमा घर्तिमगरले स्वर्ण जितेकी छिन् ।

लगनखेलस्थित आर्मीको कभर्डहलमा थाउलोको महिला नान्दोमा कुल १८.९१ अंक जोडेर स्वर्ण जितेकी हुन्।

यस स्पर्धामा बंगलादेशले रजत र श्रीलंकाले कास्य जितेको छ। यससँगै नेपालले जारी सागमा स्वर्णको संख्या ३० र्पुयाएको छ ।

निमा उसुमा दुईवटा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी भएकी छिन् । सन् २०१६ मा भारतमा भएको सागमा पनि निमाले स्वर्ण जितेकी थिइन् ।

कमेन्ट गर्नुहोस्
Share: