नेपाल साग महिला ह्यान्डबलको सेमिफाइनलमा प्रवेश

Share:

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला ह्यान्डबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालाको कभर्ड हलमा बिहिबार बंगलादेशमाथि २६-२४ को कठिन जित निकाल्दै नेपाल अन्तिम चारमा पुगेको हो ।

नेपालको जितमा उमा राईले सर्वाधिक ८ गोल गरिन् । यस्तै निशा राईले ५ गोल गर्दा कविता राई र रन्जना राईले ४/४ गोल गरिन् । यस्तै आइता लोमु शेर्पा र शान्ति कला राईले २/२ तथा कल्पना ओलीले १ गोल गरिन् ।

तस्बिर-ह्याप्पी पोखरा

कमेन्ट गर्नुहोस्
Share: