
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा भारतले श्रीलंकालाई पराजित गरेको छ । बिहिवार पोखरा फुटबल मैदानमा भएको खेलमा भारतले श्रीलंकालाई ६-० ले पराजित गरेको हो ।
भारतको जितमा सन्ध्या आर र रत्नबाला देवीले दुई/दुई गोल गरे । यस्तै डाङ्गेइ ग्रेन्स र बाला देवीले एक गोल गरिन् । भारतले पहिलो हाफमा ४ गोल र दोस्रो हाफमा २ गोल गरेको थियो । भारतका लागि पहिलो गोल ८ औं मिनेटमा डाङ्मेइ ग्रेन्सले गरिन् । यस्तै १० औं मिनेटमा सन्ध्या आरले दोस्रो गोल र १९ औं मिनेटमा रत्नबाला देवीले गोल गरिन् ।
हाफ टाइम अघि २६ मिनेटमा सन्ध्या आरले दोस्रो गोल गर्दा ८८ औं मिनेटमा रत्नबाला देवीले दोस्रो गोल गरिन् । अतिरिक्त समयको पहिलो मिनेटमा बाला देवीले गोल गर्दा भारत ६-० ले विजयी भएको हो । खेल अवधिभर भारत श्रीलंका माथि हाबी बनेको थियो । प्राप्त अवसर सदुपयोग गर्न नसक्दा गोल अन्तर फराकिलो बनेको हो ।
आज नै दोस्रो खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने छ । यी दुई टोली बीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
तस्बिर-साग प्रचार प्रसार समिति
