पोखराको खुदीमा ५ करोड लागतमा अत्याधुनिक पार्क बन्ने

Share:

पोखरा । पोखरा महनगरपालिका वडा नं ३० खुदीमा सुविधा सम्पन्न अत्याधुनिक पार्क बन्ने भएको छ । करिब ५ करोडको लागतमा निर्माण गरिने उक्त पार्कको डिपिआर एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।

शुक्रबार इन्जिनियार बाबुराम भण्डारीले भिडियो सहितको डि.पि.आर सार्वजनिक गरेका हुन् ।

प्रमुख अतिथी जिल्ला वन कार्यालय कास्कीका प्रमुख रामकुमार श्रेष्ठले पार्क निर्माण स्थल केहि सानो क्षेत्रफलको भएतापनी प्रकृतिक तरिकाले यसलाई निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष श्रीराम पोख्रेलले सबैको साथ र सहयोगले रमणीय पार्क निर्माणपश्चात आन्तरिक पर्यटनमा थप टेवा पुग्ने बताए ।

स्थानीय राजनीतिज्ञ, बुद्धिजीवी, समाजसेवीको उपस्थितीमा सम्पन्न उक्त कार्यक्रमको संचालन वडा सचिव दुर्गा न्यौपानेले गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्
Share: