१३औँ सागः आज १८ खेल हुँदै

Share:

काठमाडौं। १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज शनिबार १८ वटा खेलहरु हुँदैछन् । ती खेलहरु काठमाण्डौ उपत्यकाका साथै पोखरा र जनकपुरमा जारी छन् ।

शनिबार एथ्लेटिक्स, आर्चरी, फुटबल, क्रिकेट, बास्केटबल, ह्याण्डबल, कब्बड्डी, साइक्लिङ, सुटिङ, टेनिस, जुडो, बिच भलिबल, पौडी स्क्वस, कुस्ती, बक्सिङ, भारत्तोलन र फेन्सिङमा प्रतिस्पर्धा हुने छ । शनिबार एथ्लेटिक्सअन्तर्गत म्याराथन हुँदैछ ।

जसमध्य महिला फुटबल, महिला क्रिकेट, भारोत्तोलन, आर्चरी, ह्यान्डबल र बिच भलिबल, पोखरामा हुँदैछ भने, कुस्ती जनकपुरमा र अन्य खेल काठमाडौंमा हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: