
पोखरा । मादी गाउपालीका वडा नं ५ले आफ्नो वडा कार्यालय भवन निर्माण सुरु गरेको छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैंनवहादुर अधिकारी क्षत्रीले एक औंपचारिक समारोहका वीच वडा भवनको शिलान्यास गरेका हुन् ।
कूल ६९ लाख ३६ हजार रुपया लागतमा वन्न लागेको उक्त भवन चालु आर्थिक वर्षको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष लिईएको मादी गाउ पालिकाले जनाएको छ ।
जिल्ला समन्वय समिति कास्कीको मौजुदा कोषवाट ६० प्रतिशत अर्थात ४१ लाख ६१ हजार ९५४ रुपया र मादी गाँउपालिकाले ४० प्रतिशत अर्थात २७ लाख ७४ हजार ६३६ रुपया खर्च वेहोर्नेगरी भवन निर्माण कार्य अगाडी वढेको हो । जिल्ला समन्वय समिति कास्कीको सहयोगमा यसैवर्ष कास्कीका तीनवटा गाउपालिकाका प्रशाशकीय भवन सँगै २२ वटा वडा कार्यलय भवन निर्माण हुँदैछन् ।
कार्यक्रममा वोल्दै जिल्ला समन्वय समिति कास्कीका प्रम्ुख क्षेत्रीले विकासको वाधक वनेको गरीवि र पछौटेपनलाई तोड्न सवै राजनीतिक दल एक भएर अगाडी वढ्नुको विकल्प नरहेको वताए । उनले व्यवसायीक दक्षता र व्यवसायीक धैर्यताका साथ योजनावद्ध ढंगले सामुहीक खेती प्रणाली मार्फत उत्पादन वृद्धी गर्नसके आर्थिक समृद्धीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । खानेपानी, सिंचाई, शिक्षा, स्वास्थ्य लगाएतका पुर्वाधार निर्माणमा जिल्ला समन्वय समिति सधै तयार रहेको भन्दै उनले विकासको सन्तुलन मिलाएर अगाडी वढ्नुपर्नेमा जोड दिए ।
मादी गाउपालिकाका प्रमुख वेदवहादुर गुरुङ (श्याम) ले मादी गाउपालिकाले लिएको सडक स्तरोन्नती र वडा कार्यालय भवन सम्पन्न गर्ने लक्षलाई सवैले सघाउन आग्रह गरे । जनताको सार्थक सहभागिता विना विकासले गतिलिन नसक्ने भन्दै अध्यक्ष गुरुङले यहाको भौैगोलिक विकटतालाई मध्यनजरगर्दै गाउपालिकाले नीति तथा योजना र विकास निर्माणका कार्य अगाडी वढाएको बताए ।
वडाध्यक्ष एवं कार्यक्रमका सभापती रतन वहादुर गुरुङले जनताको सेवा प्रवाहसँग प्रतक्ष जोडिएको योजनाभएकाले सवैको सहयोगले समयमै सम्पन्न गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । भवन निर्माण कार्यलाई समयमै सम्पन्न गर्न पदम वहादुर रानामगर संयोजक र सुजनवावु अधिकारी सचिव रहेको निर्माण समिति गठन गरेको छ ।

