४२ किमी म्याराथनमा किरणले दिलाए नेपाललाई स्वर्ण पदक

Share:

काठमाडौं ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत एथ्लेटिक्सको ४२ किलोमिटर म्याराथनमा नेपालले स्वर्ण पदक जितेको छ। आज दशरथ रंगशालामा भएको म्याराथनमा पुरुषतर्फको ४२ किलोमिटर दौडमा नेपालका किरणसिंह बोगटीले स्वर्ण पदक दिलाएका हुन्।

किरणले २ घण्टा २१ मिनेट १७ सेकेण्डको समयमा निर्धारित दुरी पुरा गरे । यस म्याराथनतर्फ नेपालले २४ वर्षपछि स्वर्ण पदक हात पारेको हो । त्यस्तै भारतका खेलाडीहरुले रजत र कांस्य पदक जितेका छन् ।

म्याराथनमा नेपालका धावक बैकुण्ठ मानन्धरको नाममा कीर्तिमान रहेको छ । बैकुण्ठले तेस्रो सागमा २ घण्टा १५ मिनेट ०३ सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए । यो सँगै नेपालको स्वर्ण पदकको संख्या ४२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: