मनकारी युवाहरु,विद्यालय र विद्यार्थीलाई सहयोग

Share:

तनहुँ ।  दुर्गा प्राथमिक विद्यालय शुक्लागण्डकी–८ स्थित मुस्ताङ चोक लालिमलाई ह्वाइट बोर्ड र शैक्षिक सामाग्री प्रदान गरिएको छ ।  दुलेगौँडाका युवराज भट्टराई, शंकर पन्त, देवराज ढुङ्गाना र विस्वास बास्तोला गरी चार जना युवाहरु मिलेर ४ वटा ह्वाइट वोर्ड र विद्यार्थीहरुका लागि कपि तथा कलम हस्तान्तरण गरेका हुन् ।

शुक्रबार विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी उनीहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दातुङ गुरुङ र प्रधानाध्यापक टंक सुवेदीलाई हस्तान्तरण गरेका थिए ।
विद्यालयमा अझैसम्म पनि परम्परागत ब्याल्क वोर्डमा चकप्रयोग गरी अध्ययन अध्यापन हुदै आएको थियो । चकको धुलोले गर्दा शिक्षक तथा विद्यार्थीहरुको स्वास्थ्यमा असर गर्ने गरेकाले ह्वाइट वोर्ड सहयोग गरिएको युवराज भट्टराइले बताए ।

सो अवसरमा शिक्षासेवी नवराज लामिछानेले विद्यालयलाई ह्वाइट वोर्ड र शैक्षिक सामाग्री प्रदान गरेर युवाहरुले सरकारलाई घच्घच्याएको बताए । उनले प्राप्त सामाग्रीहरुको सहि सदुपयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षक तथा अभिभावकहरुलाई सुझाव दिएका थिए ।

विद्यालयका प्रधानाध्यापक टंक सुवेदीले विद्यालयलाई आवश्यक वोर्ड र शैक्षिक सामाग्री सहयोग गरेकोमा युवाहरुलाई धन्यवाद दिएका थिए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दातुङ गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षिका तारादेवी गौतमले कार्यक्रम सञ्चालन गरेकी थिइन् । २०४६ सालमा स्थापना भएको उक्त प्राथमिक तहको विद्यालयमा विद्यार्थी संख्या निकै न्युन रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: