
पोखरा। दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण दिलाएका छन्। शनिबार दशरथ रंगशालाबाट सुरु भएको दौडमा उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १६ सकेन्डमा पूरा गर्दै स्वर्ण सुनिश्चित गरे।
भारतका रस्पाल सिहंले २ घण्टा २१ मिनेट ५७ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रजत जिते। भारतकै श्री सिंहले कास्य जितेका छन्। उनले निर्धारित दूरी २ घण्टा २२ मिनेट ०६ सेकेन्डमा पूरा गरे।
कमेन्ट गर्नुहोस्
