१३ औं साग: महिला क्रिकेटमा नेपाललाई कास्य

Share:

पोखरा। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक जितेको छ । पोखरा रंगशालामा शनिबार कास्यका लागि भएको खेलमा माल्दिभ्सलाई १० विकेटले पराजित गर्दै नेपालले कास्य जितेको हो ।

माल्दिभ्सले दिएको ९ रनको सामान्य लक्ष्य नेपालले १ ओभर १ बलमा लक्ष्य पुरा गर्यो । नेपालकी रोमा थापाले ५ र काजोल श्रेष्ठले २ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले ११ ओभर ३ बलमा ८ रन जोड्दा अलआउट भएको छ । माल्दिभ्सको एमा ऐस्थाले १ रन बनाउँदा अन्य खेलाडीले खाता खोल्न सकेनन् ।

नेपालकी अन्जली चन्दले ४ विकेट लिइन्। यस्तै रुबिना क्षेत्रि र सिता राना मगरले समान २/२ विकेट हात पारे । स्वर्णका लागि भने श्रीलंका र बंगलादेशले खेल्ने छन् ।

कमेन्ट गर्नुहोस्
Share: