१३ औं साग: पुरुष क्रिकेटमा नेपाल बंगलादेशसंग पराजित

Share:

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेशसंग पराजित भएको छ। आज पराजित भएसंगै नेपाल स्वर्ण जित्नबाट चुकेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १ सय ५६ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनायो । खराब सुरुवात गरेको नेपालले १४ रनमा ३ विकेट गुमाएको थियो ।

बंगलादेशका तान्भिर इस्लाम, सौम्या सरकार, सुमोन खान र मेहेदी हसनले समान २/२ विकेट हात पारे । यसअघि पहिले ब्याटिङ गरेको बंगलादेश यू-२३ ले ६ विकेट गुमाएर १ सय ५५ रन बनाएकाे थियो ।

नेपालका पारस खड्काले ३ विकेट हात पारे । दिपेन्द्र सिंह ऐरीले २ तथा अविनास बोहराले १ विकेट लिए । चार खेलमा दुई जित र दुई हार व्यहोरेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

नेपालले ४ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा श्रीलंकासँग पराजित नेपालले दोस्रो खेलमा भुटानमाथि कीर्तिमानी जित निकालेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: