बागलुङबाट पाँच किलोग्राम चरेससहित मामा–भान्जी पक्राउ

Share:

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा पाँच किलोग्राम चरेससहित मामा–भान्जी पक्राउ परेका छन् ।

गाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीयवासी २५ वर्षीय रामबहादुर साउथोकीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मामा–भान्जीबीच चरेस खरीद बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: