साग पुरुष फुटबल : आज नेपाल र बंगलादेश भिड्दै

Share:

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ लिग चरणको अन्तिम खेलमा आज नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्।

खेल दशरथ रंगशालामा बेलुका ५ बजे शुरु हुनेछ। आजकै खेलको नतिजाका आधारमा फाइनल पुग्ने एक टोलीको टुंगो लाग्नेछ। नेपालले बराबरी गरे पनि फाइनल पुग्नेछ । बंगलादेशले भने फाइनल पुग्न खेल जित्नैपर्ने छ।

यसअघि शनिबार भएको खेलमा श्रीलंकालाई पराजित गरी भुटान फाइनल पुगिसकेको छ। भुटानको ४ खेलबाट ९ अंक छ ।

नेपालको ३ खेलबाट ७ अंक छ । समान खेल खेलेको बंगलादेशको भने ४ अंक छ। आजको खेलमा बंगलादेश विजयी भएमा उसको नेपालसँग समान अंक हुनेछ र हेड टु हेडका आधारमा बंगलादेश फाइनल पुग्नेछ।

कमेन्ट गर्नुहोस्
Share: