महिला क्रिकेटमा बंगलादेशलाई स्वर्ण, श्रीलंका दुई रनले पराजित

Share:

पोखरा । श्रीलंकालाई २ रनले पराजित गर्दै बंगलादेशले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक जितेको छ ।

आइतबार पोखरा क्रिकेट मैदानमा भएको फाइनलमा बंगलादेशले दिएको ९२ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर ८९ रन मात्र बनायो।

पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर ९१ रन बनाएको थियो ।

साग महिला क्रिकेटमा नेपालले भने कास्य पदक जितेको छ । शनिबार भएको प्रतिस्पर्धामा मालदिभ्समाथि १० विकेटको जित निकाल्दै नेपालले कास्य पदक जितेको हो।

कमेन्ट गर्नुहोस्
Share: