लमजुङमा बस दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

Share:

लमजुङ । लमजुङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । सदरमुकाम बेंसीसहरबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ५७९९ नम्बरको यात्रुबाहक बस आइतबार बिहान दुर्घटना भएको हो ।

तीव्र गतिमा रहेको बस अनियन्त्रित भइ पाउँदी खोलामा खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । दुर्घटनामा अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको हो । गम्भीर बनेकी उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको लमजुङका डीएसपी रविन्द्रमान गुरुङले बताए । गुरुङका अनुसार बस सडकबाट एकसय मिटर तल खोलामा खसेको छ ।

दुर्घटनाका घाइतेमध्ये चार जनालाई उपचारका लागि चितवन लगिएको छ । अन्य सामान्य घाइतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: