
पोखरा । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज (सोमबार) विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
सागको नवौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १३ खेलमा प्रतिस्पर्धा हुनेछ ।
सागमा आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा हुनेछ ।
जसमा महिला फुटबल र आर्चरी पोखरामा हुनेछ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ ।
पदक तालिकामा आठौं दिनसम्म भारतले १४५ स्वर्णसहित अग्रता बनाएको छ । ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा छ ।
कमेन्ट गर्नुहोस्
