
पोखरा । आज डिसेम्बर ९ अर्थात अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँछ । भ्रष्टाचार विरुद्ध जनचेतना जगाउन साथै भ्रष्टाचार युनीकरणका लागि संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २००३ देखि यो दिवस मनाउन लागिएको हो ।
प्रत्येक वर्षको डिसेम्बर ९ तारिफका दिन मनाइने दिवसको यस वर्षको नारा भ्रष्टाचारको सञ्जाल तोडौैं भन्ने तय गरिएको छ । आजको दिनमा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई वुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाईने गरिन्छ ।
नेपालमा कुनैपनि संस्था या राज्यका विभिन्न अंगमा रहि पदमा रहेका व्यक्तिहरुले आफ्नो अधिकारको दूरुपयोग गरेमा कारवाहि गर्न संवैधानिक निकायका रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन गरिएको छ ।
भ्रष्टाचार रोक्न राष्ट्रिय सतर्कता केन्द्रले १४ वर्षदेखि काम गर्दै आएपनि नेपालमा सोचे अनुसार प्रतिफल निस्कन सकेको छैन । भ्रष्टाचार विरुद्ध सबै एक जुट भए भ्रष्टाचारको सञ्जाल जरैदेखि उखेल्न सक्ने भन्दै केन्द्रले भ्रष्टाचार रोक्ने अभियानमा सहयोग गर्न सबैसँग अपिल गरेको छ ।
