
पोखरा। पोखरामा आइतबार बेलुका आगलागी भएको छ । पोखरा ९ नयाँबजार स्थित सगरमाथा स्कुल अगाडि रवि एण्ड शनी कनर्सनमा आगलागी भएको हो ।
आल्मुनियम र इलेक्ट्रिक गोदाम रहेको विनोद गुप्ताको रवि एण्ड शनी कनर्सनमा बिजुली सर्ट भई आगोलागी भएको हो । आइतबार बेलुका ५:२० तिर आगलागी भएको कनर्सनका संचालकले बताएका छन्।
आगोलागी बाट ग ११प ११७५ र ग १७ प ३८१०नम्बरको पल्सर बाईक , ग ६ प ३९३३ डियो स्कुटर ध्वस्त भएको र आल्मुनियम र इलेक्ट्रिक सामानमा केहि मात्रामा क्षति हुँदा अनुमानित ७/८ लाखको क्षति भएको कनर्सनका संचालकले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्

