रिलायन्स फाइनान्सद्धारा सडक बत्ती हस्तान्तरण

Share:

पोखरा । रिलायन्स फाइनान्स लिमिटेडले पोखरा-५ स्थित पोखरेली दिदी बहिनी आमा समूहलाई सडक बत्ती हस्तान्तरण गरेको छ ।

१० औ बर्ष पूरा गरी एघारौँ बर्षमा प्रवेश गरेको अवसरमा मंगलबार सो सामाग्री हस्तान्तरण गरिएको हो ।

‘संस्थागत सामाजिक उत्तरदायित्व’ अन्तर्गत सडक बत्ती हस्तान्तरण गरिएको पोखरा शाखाका शाखा प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।

एक कार्यक्रमका बीच समूहकी अध्यक्ष शान्ति क्षेत्री बानियालाई शाखा प्रमुख पौडेलले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

सामाग्री हस्तान्तरण गरेपछि बोल्दै उनले फाइनान्सले संचालन गरेका कार्यक्रमहरु नाफाका लागि मात्र नभइ लोककल्याणकारी कार्यलाई पनि भएको स्पष्ट पारे ।

रिलायन्स फाइनान्सले प्रधान कार्यलयसहित देशभरी ११ वटा शाखा कार्यालयबाट विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा लगायताका सुविधाहरु प्रदान गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: