मंसिर २८ देखि पीपीएल-२, उद्घाटन खेलमा पोखरा पल्टन र काठमाडौं गोल्डेन्स भिड्ने

Share:

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

मंसिर २८ देखि संचालन हुने प्रतियोगिताको आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले बुधबार एक विज्ञप्ति जारी गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।

सम्बन्धित सामाग्री : सागका कारण पछि धकेलियो, तयारीमा जुटिसक्यौंः छुम्बी लामा

पुस १२ सम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । लिग सिंगल राउण्ड रोबिनको आधारमा संचालन हुनेछ । आयोजकका अनुसार हरेक टिमले एक अर्कासंग ५ खेल खेल्ने छन् ।

उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टनले काठमाडौं गोल्डेन्ससंग खेल्ने छ ।

कमेन्ट गर्नुहोस्
Share: