
चितवन । मङ्सिर १५ गतेदेखि बन्द रहेको भरतपुर विमानस्थल बुधबारदेखि सञ्चालनमा आएको छ ।
धावन मार्ग मर्मत र रङरोगनका काम सम्पन्न भएसँगै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख पवनकुमार गौतमले जानकारी दिए ।
विमानस्थलको धावनमार्गमा मर्मतसम्भार र माथि कालोपत्रे थप गरिएको छ । गौतमका अनुसार धावनमार्ग मर्मतसँगै भ्रमण वर्षलाई लक्षित गर्दै विमानस्थललाई आकर्षक बनाइएको छ ।
यो विमानस्थलबाट दैनिक ८ सय यात्रुले सेवा लिदै आएका छन् । भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका पाँच÷पाँच वटा जहाजले काठमाडौँ र एक÷एक वटा जहाजले पोखरा उडान भर्दै आएका छन् ।
कमेन्ट गर्नुहोस्
