
पोखरा । पोखरामा एक युवक मृत भेटिएका छन् । पोखरा-१३ कसेरी बस्ने ३० वर्षीया निरज परियार पोखरा-२९ धर्मकाँटामा मृत भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
धर्मकाँटा भित्र कच्चि बाटोको बायाँ साईडको कुलोमा बुधबार उनी मृत फेला परेको प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।
विवाहमा जान्छु भनेर सोमबार घरबाट हिँडेका उनी दुई दिनपछि मृत भेटिएका हुन् । घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
