उधौली, धान्य पूर्णिमा र योमरी पूर्णिमा मनाइँदै

1011
0
Share:

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज उधौली पर्व, धान्य पूर्णिमा र योमरी पुन्ही (ज्यापु दिवस) धुमधामसँग मनाइँदैछ। तर यस पर्वमा सरकारले सार्वजनिक बिदा भने दिइएको छैन ।

आज सार्वजनिक बिदा हो वा होइन भनेर सबै झुक्किरहेको बेला सरकारले सार्वजनिक बिदा नभएको जनाएको छ ।

धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक बिदा जनाएपनि गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारले सार्वजनिक बिदा नभएको जानकारी दिए । सूचना विभागले जारी गरेको पात्रोमा भएकोबाहेक अन्य दिन सार्वजनिक बिदा नभएको उनको भनाइ छ ।

उधौली पर्व मनाउने किराँत समुदाय र योमरी पुन्ही मनाउने नेवार समुदायका कर्मचारीलाई भने आज बिदा दिइएको छ । उधौली पर्व मनाइने प्रदेश १ सहित केही पालिकाहरुले पनि आज बिदा दिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: