घट्यो सुनको भाउ, हेर्नुहोस आजको भाउ

Share:

काठमाण्डौ– सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेको छ ।

सुनको भाउ तोलाको ७० हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तोलामा ४ सय रुपैयाँ बढेर सुन तोलाको ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने शुक्रबार घटबढ भएको छैन । चाँदी आज तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: