प्रहरीले प्रशंसनिय काम गरिरहेको छ- गृहमन्त्री थापा

486
0
Share:

पोखरा। गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले प्रहरीले प्रशंसनिय काम गरिरहेको बताएका छन्। शुक्रबार १७९ औं ब्याचबाट पास आउट भएका ९१ जना प्रहरी निरिक्षकको दिक्षान्त समारोहमा बोल्दै मन्त्री थापाले यस्तो धारणा राखेका हुन्।

यस्तै उनले प्रहरीले गर्ने सानो गल्तीले ठूलो रूप लिने भएकाले सतर्क हुनुपर्ने बताए। उनले प्रहरी जिम्मेवार भएर काम गर्नुपर्ने बताए।

त्यसैगरी उनले दिक्षित प्रहरीहरूलाई सम्बोधन गर्दै अधिकृतहरूको तालिममा राज्यले ठूलो लगानी गरेकाले त्यसको प्रतिफल दिनुपर्ने भनाइ राखे।

कमेन्ट गर्नुहोस्
Share: