
पोखरा । कास्कीको मादी गाउँपालिका-१ सिक्लेसमा निर्माण हुन लागेको तमुहरुको ऐतिहासिक धरोहर नम्चु च्यीउली युउला क्होईवोको शिलान्यास गरेको छ । सिक्लेस मेयेचुमा बन्न लागेको क्होईवोको गण्डकी प्रदेश सभाका सदस्य मन बहादुर गुरुङले एक समारोहबीच बिहिवार शिलान्यास गरेका हुन्।
क्होईबो शिलान्यास गर्दै प्रदेश प्रदेश सभा सदस्य गुरुङले क्होइवो जस्तो धार्मिक धरोहर निर्माणले सिक्लेसमा पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने बिश्वास ब्यक्त गर्दै आफ्नो ब्यक्तिगत र प्रदेश सरकारवाट निरन्तर सहयोग गर्न तयार रहेको बताए।
तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी टु तमुले हरेक तमुहरुको बस्ती बस्तीमा क्होइबो निर्माण हुनु पर्ने बताउदै सिक्लेसमा जति धेरै क्होइबो निर्माण हुन्छन् उति नै राम्रो हुने सुनाए।
यसैबिच क्होईवो शिलान्यास कार्यक्रममा भएको सांस्कृतिक कार्यक्रमबाट एकैदिन ५५ लाख १३ हजार ४ सय २५ रुपैया संकलन भएको छ ।
नम्चु च्यीउली युउला क्होइवो निर्माणको लागि यसअघि १ करोड भन्दा धेरै संकलन भईसकेको छ । सांस्कृतिक कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायिका शर्मिला गुरुङ, तिलक प्ल्हे तमु, अन्जित पोख्रेल र रुबिना गुरुङ लगायतले प्रस्तुति समेत दिएका थिए।
