
सुनसरी– जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबा कृष्णबहादुर गिरीलाई अदालतले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
जिल्ला अदालत सुनसरीले शुक्रबार सिद्धबाबालाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। सुनसरीका प्रहरी प्रवक्ता विनोद शर्माका अनुसार अनुसन्धानका लागि १० दिनको समय माग गरेकाे भए पनि अदालतले तीन दिनमात्रै समय उपलब्ध गराएको हो।
उनीमाथि आफ्नै एक जना महिला अनुयायीले मंसिर ४ गते बलात्कारको आरोपमा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।
कमेन्ट गर्नुहोस्
