पीपीएल-२ : जितका लागि विराटनगरलाई ११८ रनको लक्ष्य

Share:

पोखरा। दोस्रो संस्करणको पोखरा प्रिमिएल लिग (पीपीएल) अन्तर्गत आजको पहिलो खेलमा धनगढी ब्लुजले विराटनगर टाइटान्सलाई ११८ रनको लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले ८ विकेटको नोक्सानीमा ११७ रन बनाएकोे थियो । धनगढीका लागि कमल सिंह ऐरिले सर्वाधिक २६ रन बनाए ।

श्रीमन्थ विजयारत्नेले २५ रन बनाए । यस्तै रोडृगो थोमसले १६ रन बनाउने बाहेक अरुको प्रदर्सन उल्लेख्य रहन सकेन ।

विराटनगरका लागि साहब आलमले सर्वाधिक ३ विकेट लिए। नोमान यादवले २ विकेट लिए। यस्तै किशोर महतो,जैद आलम, पुनित मेहेराले समान १-१ विकेट लिए। अहिले विराटनगरले ब्याटिङ गरिरहेको छ ।

प्रतियोगितामा ६ सहरका ६ टोलीको सहभागिता छ । नेपाली क्रिकेटमा सर्वा्धिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख र उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् ।

प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ ।

प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार प्रदान गरिने छ ।

कमेन्ट गर्नुहोस्
Share: